महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाऔं: उपेन्द्र यादव

 ग्लोबल टिभि      शुक्रबार, जेष्ठ ७, २०७८      0

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरलाई अब प्रधानमन्त्री बनाएर जानुपर्ने बताएका छन्।

राष्ट्रपतिले आज साँझ ५ बजेभित्र संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार आह्वान बनाउन समय दिएकी छन्।
यादवले पार्टीले अध्यक्ष ठाकुरलाई प्रधानमन्त्रीका रूपमा अगाडि सार्ने बताए।

केही दिनअगाडि जसपाका दुई अध्यक्ष ठाकुर र यादवबीच प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा नजाने बरू आफ्नै नेतृत्वमा सरकार बन्ने अवस्था आए अगाडि बढ्ने सहमति भएको थियो।

संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री भएका ओलीले विश्वासको मत नलिई÷राजीनामा नदिई राष्ट्रपतिले बिहीबार संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार बनाउन दलहरूलाई आह्वान गरेकी थिइन्।

राष्ट्रपतिको यो कदम संविधानविपरीत भएको अध्यक्ष यादव बताउँछन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *