देउवाको पक्षमा जुट्यो बहुमत, १४९ सांसदको हस्ताक्षर

 ग्लोबल टिभि      शुक्रबार, जेष्ठ ७, २०७८      0

नयाँ प्रधानमन्त्री नियुक्तिका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष दाबी पेश गर्ने भएका छन् ।

उनले १४९ सांसदको हस्ताक्षरसहित नयाँ प्रधानमन्त्रीमा दाबी पेश गर्न लागेका हुन् ।
सिहदरबारमा बसेको कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षका शीर्ष नेताहरुको बैठकमा देउवालाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने सहमति जुटेको हो ।

कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ (एक स्वतन्त्रसहित), माधव नेपाल समूहका २७ र जसपाका १२ सांसदले हस्ताक्षर गरेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *