राष्ट्रपतिले परामर्श गरी निर्णय लिन्छु भन्नु जायज : संविधानविद् शाक्य

 ग्लोबल टिभि      शुक्रबार, जेष्ठ ७, २०७८      0

काठमाडौँ : सर्वोच्च अदालत बारका अध्यक्ष तथा संविधानविद् पूर्णमान शाक्यले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिले समय लिएको जायज भएको प्रतिक्रिया दिएका छन् ।

शुक्रवार ग्लोबल टेलिभिजनसँग कुरा गर्दै शाक्यले समयसीमा उपयुक्त हुनेगरी राष्ट्रपतिले यो विषय जहिलेसुकै टुङ्ग्याउनसक्ने बताएका हुन् ।

‘विज्ञसँग छलफल गरेर निर्णय लिन्छु भन्नु राम्रो हो’, उनले भने, ‘यस्तो विषयमा हतार गर्नु राम्रो होइन ।’ काँग्रेस सभापति शेरबहादुर देउवाको बहुमत भएकाले राष्ट्रपतिले उनैलाई प्रधानमन्त्री नियुक्त गर्ने बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *