मध्यावधि होइन यो संविधान समाप्त पार्ने खेल होः बाबुराम भट्टराई

 ग्लोबल टिभि      शनिबार, जेष्ठ ८, २०७८      0

संसद विघटन गरेर चुनावको दिशातिर मुलुकलाई लगेपछि पूर्व प्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संविधान मास्ने खेल भइरहेको टिप्पणी गरेका छन् ।

कार्तिक २६ गते र मंसिर ३ गते चुनाव नहुने बरु संविधान मासिने भन्दै चिन्ता समेत व्यक्त गरेका हुन् । “भित्री/बाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्र/सेटिंगमा गत पुस ५ बाट जुन अलोकतान्त्रिक/असंवैधानिक/प्रतिक्रान्तिकारी हर्कत शुरू भएको थियो त्यसैको कडी हो यो ओली–विद्या कुकर्म,” उनले ट्वीट गरेका छन्, “यो कुनै मध्यावधि चुनाव हैन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेजगर्ने प्रपञ्च हो । एकजुट होऊँ प्रतिवाद गरौं ।”

नयाँ सरकारका लागि प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी गठबन्धनका तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवा दुवैको दाबी नपुगेको भन्दै राष्ट्रपतिले संसद् विघटन गरेर मध्यावधि घोषणा गरेकी थिइन् । राष्ट्रपति भण्डारीको यो कदमको नेताहरुले खुलेर विरोध गरिरहेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *