कांग्रेस सहित पाँच राजनीतिक दलको बैठक बस्दै

 ग्लोबल टिभि      शनिबार, जेष्ठ ८, २०७८      0

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनसंगै मध्यावधि घोषणा गरेपछि दलहरु सक्रिय भएका छन् । मुख्य विपक्ष दल नेपाली कांग्रेस सहित अन्य पाँच राजनीतिक दलहरुले साझा धारणा तय गर्न शनिबार संयुक्त बैठक बोलाएको हो ।

कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको असन्तुष्ट माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाले साझा धारणा तयका लागि बैठक बोलाएको कांग्रेस प्रमुख सचेत बालकृष्ण खाँणले ग्लोवल टेलिभिजनलाई जानकारी दिए ।

बैठक विहान ११ बजे बानेश्वर स्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा बस्नेछ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *