प्रधानमन्त्री ओलीसँग मन्त्रालयको बार्गेनिङ गर्दै ठाकुर र महतो

 ग्लोवल टि.भी.      शनिबार, जेष्ठ ८, २०७८      0

सरकारमा सहभागी हुन जनता समाजवादी दलका नेताहरुले प्रधानमन्त्री केपी ओलीसंगको परामर्शमा जुटेका छन् । जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले शनिबार प्रधानमन्त्रीलाई भेटेर मन्त्रालय भागबन्डाको विषयमा छलफल गर्दैछ ।

मन्त्रालयको संख्या र नाम टुंगो लागेमा आइतबार नै मन्त्रीमण्डलमा सहभागी हुने ठाकुर पक्षका एक नेताले ग्लोवललाई जानकारी दिए ।

प्रधानमन्त्री ओलीसँग ठाकुर–महतोले आज छलफल गर्दैछन् । यद्यपी उक्त विषयमा शनिबार प्रधानमन्त्रीसँगको भेटघाटपछि थप निर्णय हुने ति नेताले ग्लोबलसँग भने, ‘राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जाने कुरा सत्य हो । उपेन्द्र यादव पक्षबाट आएका साथिहरुलाई पनि मिलाउनु छ, हामीले ८ देखि १० वटा मन्त्रालय लिनेबारेमा छलफल भइरहेको छ, टुंगो भने लागेको छैन ।’

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *