गृहले जिल्ला प्रसाशनलाई भन्यो–मानिसलाई सडकमा निस्कन नदिनु

 ग्लोबल टिभि      शनिबार, जेष्ठ ८, २०७८      0

गृह मन्त्रालयले निषेधाज्ञालाई उल्लङघन गरी मानिसहरुलाई सडकमा निस्कन नदिन ७७ वटै प्रमुख जिल्ला अधिकारी तथा तीनवटै सुरक्षा निकायलाई परिपत्र गरेको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई शनिबार गृह मन्त्रालयमा बोलाएर गृहसचिव महेश्वर न्यौपानेले निषेधाज्ञालाई कडा पार्न निर्देशन दिएका हुन् ।

मन्त्रालयले सबै जिल्ला प्रशासनहरुलाई परिपत्र गर्दै कुनै हालतमा पनि सर्वधारणलाई घरबाहिर निस्कन नदिन निर्देशन दिएको छ । गृहको निर्देशनपछि उपत्यकाका तीनवटै जिल्ला प्रसाशन कार्यालयले निषेधाज्ञालाई थप कडा बनाउने भएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *