ग्लोबल टिभि
0
नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका युवा नेताहरुले राजनीतिक दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन । युवा नेता जीवन राई अध्यक्ष रहेको नयाँ दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) प्रस्ताव गरिएको छ । राई माधव पक्षमा रहेका अनेरास्ववियूका पूर्व विद्यार्थी नेता समेत हुन् । गत वैशाख ७ गते दल दर्ताको निवेदन परेपनि दर्ता हुने क्रममा रहेको निर्वाचन आयोगले जनाएको छ ।
२५ सदस्यीय केन्द्रीय कमिटी रहेको सो दलमा अध्यक्षमा जीवन राई, उपाध्यक्षमा कल्पना गुरुङ, महासचिवमा बिनोद कुमार खुलाल, सचिवमा ऐन बिक्रम कुँवर र कोषाध्यक्षमा सुशीला खनाल रहेका छन् ।
दल दर्ताका लागि पेश गरेको कागजात अध्ययन गर्ने काम भइरहेको र सबै प्रक्रिया पुगेमा दल दर्ता हुने आयोगले जनाएको छ ।
Post Views: 1,129
Leave a Reply