अर्थतन्त्रका सूचक सकारात्मक छन्, नेपालमा लगानी बढ्दैछ : अर्थमन्त्री

 ग्लोबल टिभि      सोमवार, मंसिर ४, २०८०      0

मंसिर ४ –  अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ मा सबैभन्दा धेरै विदेशी पर्यटकले नेपाल भ्रमण गर्ने बताएका छन् ।

सोमबार कांग्रेस पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा लगानी बिस्तारै बढ्दै गइरहेको जनाए । उनले नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी विदेशी पर्यटक भित्रिने दाबी गरे ।

उनले विदेशी पर्यटकहरूको कारण अर्थतन्त्र चलायमान बन्ने र आर्थिक गतिविधिहरू बिस्तारै बढ्दै जाने बताए । उनले अर्थतन्त्रका सूचकहरू सकारात्मक भइरहेकाले अर्थतन्त्र थप चलायमान बन्ने उल्लेख गरे ।

अर्थमन्त्री महतले अर्थतन्त्र थप चलायमान बनाउन विज्ञहरूसँग थप सुझाव सल्लाह लिएर अघि बढ्ने बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *