युवा संघ र दुर्गा प्रसाईँ समूहलाई माइतीघरमा कार्यक्रम गर्न रोक

 ग्लोबल टिभि      सोमवार, मंसिर ४, २०८०      0

मंसिर ४ –  मंसिर ७ गते हुने भनिएको एमाले निकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईँको विरोध प्रदर्शन माइतीघरमा गर्न नदिइने भएको छ। जिल्ला प्रशासन कार्याल काठमाडौंले दुवै समूहलाई माइतीघर मण्डलामा कार्यक्रम गर्न नदिने निर्णय गरेको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक सिडिओ रविन्द्रप्रसाद आचार्यले कुनै पनि समूहलाई मंसिर ७ गते माइतीघरमा कार्यक्रम गर्न नदिइने निर्णय भएको बताए। उनले दुवै समूहलाई बोलाएर माइतीघरमा प्रदर्शन गर्न नदिने निर्णय जानकारी गराएको बताए। ‘हामी दुवै पक्षसँग संबाद गरेका छौं। उहाँहरूलाई एकै ठाउँमा कार्यक्रम गर्न नदिने भनिसकेका छौं,’ उनले भने।

युवा संघ र दुर्गा प्रसाईँले मंसिर ७ गते माइतीघर मण्डलामा कार्यक्रम गर्ने प्रचार गर्दै आएका छन्। दुई समूह एकै स्थानमा विरोध प्रदर्शन गर्दा सुरक्षा खतरा हुनसक्ने भन्दै प्रशासनले दुवैलाई अन्यत्र ठाउँ रोज्न भनेको हो। सहायक सिडिओ आचार्यले दुवै समूहका लागि विरोध प्रदर्शन गर्ने उपयुक्त स्थान तोकिने र प्रशासनले तोकिएको स्थानमा मात्रै विरोध प्रदर्शन गर्नुपर्ने बताए।

‘प्रशासनले तोकेको ठाउँमा विरोध प्रदर्शन गरेमात्र राज्यले पनि सुरक्षाको प्रत्याभूति दिनसक्छ। सुरक्षा खतरा हुनेगरी कुनै पनि कार्यक्रम आयोजना गर्न दिँदैनौं,’ उनले भने।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *