राष्ट्रियसभा सदस्य निर्वाचन : पुस २३ मा उम्मेदवारी दर्ता (विज्ञप्तिसहित)

 ग्लोबल टिभि           0

 मंसिर १७ –  निर्वाचन आयोगबाट राष्ट्रियसभा सदस्य निर्वाचनका लागि  निर्वाचन कार्यक्रम स्वीकृत भएको छ। स्वीकृत निर्वाचन कार्यक्रम अनुसार पुस २० गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित हुने र सोही दिन अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ।

यसैगरी पुस २३ गते उम्मेदवारको मनोनयन दर्ताको समय तोकिएको छ। मनोनयन दर्ताको समय बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म रहने  निर्वाचन आयोगले  जनाएको छ।

पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको छ। पुस २८ गते उम्मेदवारलाई  निर्वाचन चिन्ह उपलब्ध गराउने निर्वाचन आयोगले जनाएको छ।

माघ ११ गते बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान हुनेछ। मतदान कार्यक्रम सम्पन्न भएपछि सोही दिनमै मतगणना हुनेछ।

null

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *