नागरिकता अध्यादेशले मुलुकलाई फिजीकरण बनाउने खतराः भिमार्जुन आचार्य

 ग्लोबल टिभि           0

प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारी मिलेर नेपाललाई फिजीको नियतिमा पु-याउन नागरिकता अध्यादेश जारी गरिएको संविधान विद् भिमार्जुन आचार्यले प्रतिक्रिया दिएका छन् ।

सामाजिक सञ्जालमा प्रतिक्रिया दिदैं आचार्यले लेखेका छन्, ‘ओली राष्ट्रघातको कित्तामा उभिएको दिनदेखि हामीले विरोध गर्यो । उनको गुट र कार्यकर्ता हाम्राबिरुद्ध खनिए । यस्तो महामारीको समयमा आज उनी र राष्ट्रपति मिलेर नेपाललाई फिजीको नियतिमा पुर्याउने नागरिकता अध्यादेश जारी गरे । जसको बिरोध पहिले उनी आफैले गरेका थिए ।’

ओलीले सत्ताका लागि जस्तोसुकै सम्झौता गर्ने खतरा देखिएको उल्लेख गर्दै आचार्यले भनेका छन्, ‘भोलि निर्वाचन गरे भने मुलुकको सार्वभौमसत्ता नै बुझाउलान् । एउटा नेताभन्दा देश ठूलो हो । होसियार हौं । त्यो तत्व पचासौं वर्षको ड्युज यो सरकार मार्फत प्राप्ति गर्ने योजनामा छ । त्यसलाई सफल हुन नदिउँ ।’

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *