ग्लोबल टिभि
0
कारोना संक्रमणको अवस्था अझै नियन्त्रणमा आइनसकेको ठहर गर्दै उपत्यकाको निषेधाज्ञालाई निरन्तरता दिने तयारी भएको छ । निषेधाज्ञा यही जेठ १३ गते सकिदैछ । त्यसअघि नै निर्णय गरी निषेधाज्ञा थप एक हप्ता लम्ब्याउने तयारीमा उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालय पुगेका छन् ।
जुन रुपमा कोरोना संक्रमण नियन्त्रणमा आउनुपर्ने हो सोही अनुरुप आउन नसकेकोले पनि निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने अवस्था रहेको काठमाडौ जिल्ला प्रशासन कार्यालयले जनाएको छ । थपिने निषेधाज्ञामा अहिलेको भन्दा कडाइ गर्ने तयारी पनि छ । कोरोनाको दोस्रो लहर फैलिएपछि सरकारले रोकथाम र नियन्त्रणका लागि भन्दै बैशाख १६ देखि निषेधाज्ञा लगाएको हो ।
Post Views: 1,345
Leave a Reply