ग्लोबल टिभि
0
नेकपा एमाले नेपाल–खनाल समूहका २३ जना सांसदले प्रतिनिधिसभा विघटनविरुद्ध हस्ताक्षर गरेका छन् । उनीहरुले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्न हस्ताक्षर संकलन गरेका हुन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि समर्थन गरेका २६ सांसदमध्ये संसद विघटनविरुद्ध रिट दिन २३ जना सांसदले मात्रै हस्ताक्षर गरेका छन् । सभापति देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि समर्थन गरेका नेपाल पक्षका २६ सांसदमध्ये गोकर्ण विष्ट, पवित्रा निरौला खरेल र गणेश पहाडीले भने हस्ताक्षर गरेका छैनन् ।
देउवाले १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष दावी गरे पनि राष्ट्रपतिले नियुक्त गरेकी थिइनन् । राष्ट्रपतिको निर्णयलाई असंवैधानिक भन्दै विपक्षी गठबन्धनका सांसदहरु सर्वोच्च अदालतमा रिट दायरको तयारी गरेका छन् ।
Post Views: 1,092
Leave a Reply