‘अहंकारी र स्वेच्छाचारी प्रधानमन्त्रीका कारण पटक–पटक अदालत धाउनु पर्यो’

 ग्लोबल टिभि      सोमवार, जेष्ठ १०, २०७८      0

काठमाडौँ : नेपाली काँग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीको अहंकारका कारण पटक–पटक न्यायालय आउनुपरेको प्रतिक्रिया दिएकाछन् ।

सोमबार संसद विघटनविरुद्ध रिट दायर गर्न गएका थापाले पत्रकारसँग कुरा गर्दै संविधानविरोधी र गैरजिम्मेवारी व्यक्ति प्रधानमन्त्री बन्लान् भन्ने कल्पना संविधान लेख्ने वेला नभएको बताए ।

‘संविधानविरोधी, गैरजिम्मेवार, अयोग्य र अहंकारी प्रधानमन्त्री पाउनुपर्ला भन्ने कल्पनै थिएन’ उनले भने, ‘मुलुकका कार्यकारी स्वेच्छाचारी भएपछि पटक–पटक न्यायालय आउनुपर्‍यो ।’

नेता थापाले सर्वोच्च अदालतले संविधानको धारा र गत वर्ष संसद् विघटनको मुद्दामा गरेको संविधानको व्याख्याका आधारमा पुनः संसद पुनः स्थापना हुने विश्वास व्यक्त गरे ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *