११ सांसदलाई एमालेको कारबाही, साधारण सदस्यसमेत नरहने

 ग्लोबल टिभि      सोमवार, जेष्ठ १०, २०७८      0

काठमाडौँ : सत्तारुढ नेकपा एमालेले नेता माधवकुमार नेपालपक्षका ११ सांसदलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बसेको स्थायी समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

यसअघि पार्टीले नेपाल र झलनाथ खनालसँगै भीम रावल, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन, मुकुन्द न्यौपाने, कल्याणी खड्कार नीरा जैरुलाई स्पष्टीकरण माग्ने निर्णय गरेको थियो ।

स्पष्टीकरण नदिई यो पक्षका २३ सांसदले सोमवार संसद् भंग गर्ने र मध्यावधि निर्वाचनमा जाने सरकारको निर्णय तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चमा रिट दायर गरेका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *