भीम रावलको प्रतिक्रिया : ओलीले गरेको कारबाही हास्यास्पद

 ग्लोबल टिभि      सोमवार, जेष्ठ १०, २०७८      0

काठमाडौँ : नेकपा एमालेका नेता भीम रावलले आफूहरूमाथिको कारबाही हास्यास्पद भएको बताएका छन् ।

सोमबार एमालेको स्थायी कमिटी बैठकले रावलसहित माधवकुमार नेपाल पक्षका ११ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेपछि उनको यस्तो प्रतिक्रिया आएको हो ।

सामाजिक सञ्जाल ट्वीटरमा रावलले ‘देशलाई अस्तव्यस्त बनाउने केपी ओली गुटले आफूहरूलाई पार्टी सदस्यबाट निष्कासित गरियो भन्नु हास्यास्पद भएको’ बताएका छन् ।

‘पार्टीको विधान मिच्दै मनपरी गर्ने, संविधान उल्लङ्घन गर्ने, देशको अस्मिता र अस्तित्वमा आघात पार्ने नागरिकता वितरण लगायतका राष्ट्रघाती कुकृत्य गर्ने र देशलाई अस्तव्यस्त बनाउने केपी गुटले हामीलाई पार्टी सदस्यबाट निष्कासित गरियो भन्नु हास्यास्पद छ । यो केपी गुटको फुटवादकै निरन्तरता हो,’ रावलले लेखेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *