गाम्बियासँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना

 ग्लोबल टिभि      मङ्लबार, जेष्ठ ११, २०७८      0

काठमाडौँ : अफ्रिकी मुलुक गाम्बियासँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग प्रमुख अमृतकुमार राई र न्यूयोर्कस्थित गाम्बियाका राजदूत ल्याङ याबुबीच सोमवार कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

गाम्बियाले सन् १९६५ मा संयुक्त राष्ट्रसंघको सदस्यता लिएको थियो । गाम्बिया र नेपाल असंलग्न आन्दोलनका सदस्य हुन् ।

यससँगै नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको मुलुकको संख्या १७० पुगेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *