आजदेखि नेकपाको राष्ट्रिय सम्मेलन शुरु

 ग्लोबल टिभि           0

माघ १४ – सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय सम्मेलन आजदेखि शुरु हुँदैछ । राष्ट्रिय सम्मेलनमा पार्टीको राष्ट्रिय महाधिवेशनमा प्रश्तुत गर्ने दस्ताबेज मस्यौदा सम्बन्धमा छलफल हुने पार्टीले जनाएको छ ।

सम्मेलन आज बिहान साढे ११ बजे प्रज्ञा भवन कमलादीमा हुनेछ ।

काठमाडौंमा दुई दिन चल्ने उक्त सम्मेलन पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण तथा कार्ययोजनामा केन्द्रित रहने तथा पार्टी सुदृढीकरणका लागि देशभर आधारभुत तहसम्म सङ्गठन स्थापित गर्न कार्ययोजना बनाइने बताइएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *