बुढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक बस्दै

 ग्लोबल टिभि      बुधबार, जेष्ठ १२, २०७८      0
फाइल फोटो

नेपाली कांग्रेस पदाधिकारी बैठक आज बस्दै छ । पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा १४ औं महाधिवेशन तयारीबारे छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

गत शुक्रबार १४९ जना सांसदको हस्ताक्षर लिएर राष्ट्रपतिसमक्ष प्रधानमन्त्री नियुक्त गर्न दाबी पेश गरेका सभापति देउवालाई राष्ट्रपति विद्या भण्डारीले निवेदनको प्रक्रिया नपुगेको भन्दै प्रधानमन्त्री नियुक्त गर्न अस्वीकार गरेकी थिइन् ।

सभापति देउवासंगै एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पनि दावी गरेका थिए । दुवैको दावी नपुग्ने भन्दै सरकारको सिफारिसमा राष्ट्रपतिले जेष्ठ ७ को मध्यरातमा प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि निर्वाचनको मिति घोषणा गरेकी थिइन् ।

तर, कांग्रेस सहित विपक्षी पाँच दलले प्रतिनिधिसभा विघटनको विरोध गर्दै आएका छन् । संंविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार बन्ने अवस्था हुँदाहुँदै राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेकोमा दलहरूले विरोध गरेका हुन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *