एमालेका १२ नेतालाई आज स्पष्टीकरण-पत्र पठाउने तयारी

 ग्लोबल टिभि      बुधबार, जेष्ठ १२, २०७८      0

नेकपा एमाले पार्टीका विघटित प्रतिनिधि सभाका १२ सांसदलाई स्पष्टीकरण पत्र पठाउने भएको छ ।

एमाले स्थायी कमिटी बैठकले झलनाथ खनाल– माधव नेपाल पक्षका १२ जना सांसदलाई सोमबारबाटै लागु हुने गरी सोध्ने भनेको स्पष्टीकरण आज पठाउन लागेको नेता शेरबहादुर तामाङले ग्लोवललाई जानकारी दिए ।

सोमबार बसेको स्थायी कमिटि बैठकले खनाल–नेपाल सहित ११ जनालाई पार्टीको साधारण सदस्यबाट नै निष्कासन गर्दै थप १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

एमालेले दोस्रो चरणमा सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडालाई स्पष्टिकरण सोध्न लागेको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *