गगन थापाको आइसोलेसन सेन्टरलाई नविन्द्र पत्नी सपनाको सहयोग

 ग्लोबल टिभि      बुधबार, जेष्ठ १२, २०७८      0

नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नं. ४ का सांसद गगन थापाद्धारा सञ्चालनमा ल्याएको कोभिड १९ आइसोलेसन सेन्टरलाई कांग्रेसका स्व. नेता नविन्द्रराज जोशीकी धर्म पत्नी सपना जोशीले स्वास्थ्य सामाग्री सहयोग गरकी छन् ।

विभिन्न सस्थाहरुको सहयोगमा काठमाडौं महानगरपालिका वडा नं. ३० मा सञ्चालनमा रहेको कोभिड १९ आइसोलेसन सेन्टरलाई सपनाले पीपीई, स्यानिटाइजर, एननाइन्टी फाइभ मास्क, सर्जिकल मास्क र सिटामोल लगाएतका स्वास्थ्य सामाग्री थापालाई हस्तान्तरण गरेकी हुन् ।
दिवंगत पति नविन्द्रले सञ्चाल गर्दै आएको ‘घर दैलो कोभिड १९ सूचना तथा सेवा अभियान अभियान’लाई काठमाडौं क्षेत्र नं. ८ मा सपनाले निरन्तरता दिदै आएकी छन् ।

श्रीमानको असल कामलाई निरन्तरता दिदै आएकी सपनाले यसअघि बागमति प्रदेश सांसद दीपेन्द्र श्रेष्ठको पहलमा बानेश्वर स्थित रत्नराज्य क्याम्पसमा सञ्चालनमा रहेको कोभिड ड्राई आइसोलेसन सेन्टरलाई पनि स्वास्थ्य सामाग्री सहयोग गरेकी थिइन् ।

नविन्द्रको निर्वाचन क्षेत्रमा सपनाले पार्टीको विभिन्न वडा इकाई सभापति र नेताहरुसँग समन्वय गरेर घरदैलो अभियान जारी राखेकी छिन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *