ग्लोबल टिभि
0
सत्तारुढ दल नेकपा एमालेका नेता घनश्याम भुसालमाथि प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टीमा सधैँ गडबडी गरेको भन्दै कटाक्ष गरेका छन् ।
थापाले सामाजिक सञ्जालमार्फत भुसाल सधैँ पार्टी फुटाउने गतिविधिमा लागेको आरोप लगाएका छन् । भुसालले जहिले पनि पार्टी प्रमुखका विरुद्धमा पार्टीको दोस्रो खेमाका नेताहरुलाई साथ दिँदै गडबडी गरेको थापाको आरोप छ ।
भुसाल झलनाथ खनाल महासचिव हुँदा सिपी मैनालीको पक्षमा, मदन भण्डारीको विचारविरुद्ध सिपी–झलनाथको पक्षमा, माधव नेपालविरुद्ध वामदेव–सिपी, माधवविरुद्ध झलनाथ र केपी ओलीविरुद्ध माधव–प्रचण्ड समूहमा लागेको थापाको आरोप छ ।
Post Views: 1,032
Leave a Reply