आफ्नो पक्षमा फैसला आउनेमा देउवा विश्वस्त

 ग्लोबल टिभि      बिहिबार, जेष्ठ १३, २०७८      0

काठमाडौँ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतबाट न्याय पाउने विश्वास व्यक्त गरेका छन् ।

देउवाले संविधान र लोकतन्त्रको रक्षाका लागि आफूसहित प्रतिनिधिसभाका बहुमत सांसदले सर्वोच्च अदालतमा निवेदन दर्ता गराएको भन्दै न्याय पाउने विश्वास व्यक्त गरेका हुन् ।

नेपाल प्रेस युनियनको ३०औँ वार्षिकोत्सवका अवसरमा बिहीबार आयोजित ‘भर्चुअल’ कार्यक्रममा प्रधानमन्त्रीले संविधान उल्लंघन गरेको आरोप लगाउँदै संविधानको रक्षाका लागि आफूहरु अदालत जान बाध्य भएको बताए ।

उनले संविधानको धारा ७६ (५) बमोजिम आफूहरुले नयाँ सरकार गठनका लागि गरेको दाबीमा राष्ट्रपतिले आवश्यक छानबिन नगरेको भन्दै आपत्ति जनाए ।

उननले पार्टीको महाधिवेशन गर्न नसकेको कलंक बोक्न नचाहेको भन्दै सबैको चित्त बुझाएर निर्धारित समयमै सम्पन्न गर्ने बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *