संसद विघटन विरुद्धको रिटमाथि प्रधानन्यायाधीशको इजसालबाट अन्तरिम आदेश दिन अस्वीकार

 ग्लोबल टिभि      बिहिबार, जेष्ठ १३, २०७८      0

संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाइमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेका छन् ।

आजदेखि सुरु भएको रिटमाथिको सुनुवाइमा आदेश दिन जवराले अस्वीकार गरेपछि अव सवै निवेदन संवैधानीक इजलासबाट सुनुवाई हुने सर्वोच्च अदालतले जनाएको छ ।

१९ रिटहरुको सुनुवाइ प्रधाननन्यायाधीश जबराले आफ्नो एकल बेन्चमा हुने गरी तोकेका थिए । संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ रिटको भने जेठ १४ गते शुक्रबारका लागि पेशी तोकिएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६(५) बमोजिमको प्रधानमन्त्री नियुक्ति हुने आधार नरहेको भन्दै संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यसविरुद्ध ३० वटा रिट दर्ता भएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *