संविधान अनुरुप कदम चाल्न सभामुखलाई संविधानविद्को सुझाव

संविधान र प्रतिनिधिसभा नियमावली अनुसार अघि बढ्छु–सभामुख

 ग्लोबल टिभि           0

संविधानविद्ले प्रतिनिधिसभा विघटन सम्बन्धमा संविधान अनुरुप कदम चाल्न सभामुख अग्निप्रसाद सापकोटालाई सुझाव दिएका छन् । आज संसद भवन नयाँ बानेश्वरमा भएको छलफलमा कानुनविद्ले यस्तो सुझाव दिएका हुन् । संविधानविद् चन्द्रकान्त ज्ञवालीले सभामुखले संविधान र कानुन अनुरुप संसदमार्फत् हस्तक्षेपकारी भूमीका खेल्नुपर्ने सुझाव दिए ।

यस्तै, संविधानविद् टिकाराम भट्टराईले संविधानमा सभामुखलाई पनि विशेष अधिकार दिईएकोले सोही अधिकारको आधारमा संसद बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्नुपर्ने बताए ।

तर, संविधानविद् भिमार्जुन आचार्यले भने प्रतिनिधिसभा पुनस्र्थापना नभएसम्म कानुनी र संवैधानिक रुपमा सभामुखले केही गर्न नसक्ने स्पष्ट पारे ।

पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठले प्रधानमन्त्री ओलीले राष्ट्रपति, संसद, न्यायपालिकाको अधिकार पनि प्रयोग आफैले प्रयोग गर्न खोजेको बताए । संसद जिवित छ भन्नेकुरा देखाउन सभामुखले आफ्नो सक्रियतालाई बढाउनुपर्नेमा उनको जोड छ । यस्तै, नेपाल बार एशोसिएसनका पूर्व अध्यक्ष प्रेमबहादुर खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिग १९ को महामारीको बेलामा चुनाव गर्ने भनेकाले उनलाई दुरुत्साहनको मुद्दा चलाउनुपर्ने धारणा राखे । छलफलपछि सभामुख सापकोटाले संविधान र प्रतिनिधि सभाको नियमावली अनुसार नै आफु चल्ने स्पष्ट पारे ।

आफुहरु प्रतिनिधिसभा सञ्चालनमा दत्तचित्त भएर लागिरहेको उल्लेख गर्दै सभामुख सापकोटाले देश अध्यादेश बाट चलाउन खोजिएको प्रति असन्तुष्टि व्यक्त गरे ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *