‘धरहराको टुप्पोबाट पनि प्रधानमन्त्रीले महामारी देखेनन्’ (भिडियोसहित)

 ग्लोबल टिभि      बिहिबार, जेष्ठ १३, २०७८      0

काठमाडौँ : नेपाली काँग्रेसका नेता गगनकुमार थापाले दूरगामी असर पार्ने काम नगरी कोरोना संक्रमण नियन्त्रण र रोकथाममा लाग्न सरकारलाई सुझाव दिएका छन् ।

ग्लोबल टेलिभिजनको कार्यक्रम सूक्ष्म दृष्टिमा कुरा गर्दै उनले प्रतिनिधिसभा पुनःस्थापना भए वा नभए पनि कामचलाउ सरकार भएकाले दूरगामी असर पार्ने काम नगर्न सुझाव दिएका हुन् ।

राष्ट्रपति र प्रधानमन्त्रीले लोकतन्त्र र संविधानको हुर्मत लिएको भन्दै न्यायालयले न्याय दिने विश्वास व्यक्त गरे । न्यायालयबाट संसद् पुनःस्थापनाको फैसला भई शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भए मात्र राजनीति सही दिशामा अघि बढ्ने बताए ।

कोरोना दोस्रो लहर शुरु हुँदै गर्दा आफूहरूले दिएको सुझाव प्रधानमन्त्रीले बेवास्ता गरेका कारण अहिलेको अवस्था आएको बताए । थापाले भारतमा अक्सिजन अभाव हुँदै गर्दा नेपालमा पनि यो अवस्था आउनसक्नेमा प्रधानमन्त्रीलाई सचेत गराएको दाबी गरे ।

‘प्रयास गर्दागर्दै पनि परिणाम नआएको भए माफ गर्न सकिन्थ्यो’, उनले भने, इच्छाशक्ति नै नराखेका कारण अहिलेको अवस्था आएको हो ।’

उनले प्रधानमन्त्रीले धरहराको टुप्पोबाट कोरोना पनि महामारी नदेखेको टिप्पणी गरे ।

हेर्नुहोस् भिडियो–

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *