प्रतिनिधीसभा विघटनविरुद्ध परेका रिटमा संवैधानिक इजलासमा सुनुवाइ आजबाट

 ग्लोबल टिभि           0

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा आजबाट संवैधानिक इजलासमा सुनुवाइ सुरु हुँदैछ । प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले प्रतिनिधि सभा विघटन विरुद्ध परेका १९ वटा रिटलाई बिहीबार संवैधानिक इजलासमा पठाउने आदेश गरेसँगै सबै रिट संवैधानिक इजलासबाट सुनुवाइ हुने भएका हुन् ।

३० वटा निवेदनमध्ये जबराको एकल इजलासले पठाएका १९ र संवैधानिक इजलासमा सुनुवाइको माग गरेर दर्ता गरिएका ११ वटा रिट उपर सुनुवाइ हुनेछ । रिट निवेदकले तत्कालन संसद पुनः स्थापना गर्न अन्तरिम आदेशको माग गरेका छन् । आज बस्ने संवैधानिक इजलासले निवेदकको माग अनुसार अन्तरिम आदेश दिने की नदिने भन्नेबारे निर्णय गर्नेछ । संवैधानिक इजलासमा प्रधान न्यायाधीशसहित ५ जना न्यायाधीश रहन्छन् ।

प्रधान न्यायाधीशले आफूसहित रोष्टरमा रहेका सिनियर न्यायाधीश मध्येबाट इजलास गर्ने कानुनी व्यवस्था छ । अधिकांश रिट कानुन व्यवसायीहरुले सार्वजनिक सरोकारको विषय पिआइएलको अधिकार प्रयोग गरेर दायर गरेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *