भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गर्नेलाई कारवाही गर्न देउवाको माग

 ग्लोबल टिभि      शुक्रबार, जेष्ठ १४, २०७८      0

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भेरी अस्पताल बाँकेका डाक्टर र नर्समाथि कुटपिट गर्नेलाई कडा कारवाही गर्न माग गरेका छन् ।
बिहीबार बेलुकी आफन्तको मृत्युपछि डाक्टर र नर्समाथि ४/५ जनाको समूहले कुटपिट गर्दै अस्पताल तोडफोड गरेका थिए । घटनामा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मानबहादुर रावत लगायत ३ जना संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

आक्रमणबाट डाक्टर दीपक गुप्ता, डाक्टर चन्द्रप्रकाश साहु, डाक्टर समा अनसारी, स्टाफ नर्स आश्विन गुरुङ, सदीक्षा गैरे, बन्दना श्रेष्ठलाई चोटपटक लागेको भेरी अस्पतालले जनाएको छ ।

सभापति देउवाले आज बिहान ट्वीट गर्दै अस्पतालका डाक्टर र नर्समाथि आक्रमण हुनु निकै निन्दनीय भनेका छन् ।

‘नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर र नर्सहरूमाथि आक्रमण हुनु निकै निन्दनीय कार्य हो । यो महामारीका बेला ठूलो जोखिम लिएर स्वास्थ्यकर्मीहरू बिरामीको उपचारमा दिनरात खटेका छन्,’ देउवाले लेखेका छन् ।

यो घटनाको तत्काल छानविन गर्न देउवाले सरकारसँग माग गरेका छन् । ‘स्वास्थ्यकर्मीमाथि भएको यो घटनाको छानविन गरी आक्रमणमा संलग्नमाथि कडा कारवाही गर्न माग गर्दछु,’ देउवाले भनेका छन्।

यो पनि पढ्नुहोस् ।

बाँकेको भेरी अस्पतालमा चिकित्सकमाथि आक्रमण

भेरी अस्पतालका चिकित्सक सुरक्षाको माग गर्दै आन्दोलित

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *