अहिलेको अवस्था आउनुमा विपक्षी दल दोषी : प्रधानमन्त्री ओली

गणतन्त्रमा पनि २० वर्षअघिको जस्तै फोहोरी खेल देखियो

 ग्लोबल टिभि           0

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरूको अराजनीतिक, असंवैधानिक र असंदीय गतिविधिका कारण अहिलेको स्थिति उत्पन्न भएको आरोप लगाएका छन् ।

शुक्रवार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संवैधानिक बाध्यतामा परेर प्रतिनिधिसभा भंग गर्नुपरेको र निर्वाचन घोषणा गरेको बताएका हुन् ।

उनले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने वैकल्पिक सरकार पनि दिन नसक्ने विपक्षीका कारण प्रतिनिधिसभा पूरा कार्यकाल पूरा नहुँदै विघटन भएको र मुलुक निर्वाचनमा गएको दाबी गरे ।

बहुदलीय अभ्यासविपरीत एमालेका सांसदहरूको हस्ताक्षर संकलन गरी राष्ट्रपतिसमक्ष बुझाएको भन्दै ओलीले विपक्षी दलका नेता शेरबहादुर देउवाको आलोचना गरे ।

प्रधानमन्त्री ओलीले गणतन्त्रमा पनि संसद्मा २० वर्षअघिको जस्तै फोहोरी खेल देखिएको टिप्पणी गरे । उनले आफ्नै दलका सांसद केन्द्रमा विपक्षी गठबन्धनमा सामेल भएको र प्रदेशमा फ्लोर क्रस गरेको र भन्दै असन्तुष्टि व्यक्त गरे ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *