‘एमालेको फुट जोगाएर पुनः माओवादी केन्द्रसँग एकता गर्नुपर्छ’ (भिडियोसहित)

 ग्लोबल टिभि      शुक्रबार, जेष्ठ १४, २०७८      0

काठमाडौँ : नेकपा एमालेका केन्द्रीय सदस्य ठाकुर गैरेले दुवै पक्षका शीर्ष नेता पार्टीको एकता बचाउन लाग्नुपर्ने बताएका छन् ।

ग्लोबल टेलिभिजनको कार्यक्रम सूक्ष्म दृष्टिमा कुरा गर्दै गैरेले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आफ्ना स्वार्थ त्यागरे पार्टी बचाउन लाग्नुपर्ने बताएका हुन् । उनले एमालेको एकता बचाएर पुनः माओवादी केन्द्रसँग एकताको पहल गर्नुपर्ने धारणा राखे ।

उनले शीर्ष नेताहरूको हठका कारण नेकपा र एमालेको एकता जोगाउन नसकेको बताए । पहिले नेकपा र अहिले एमालेलाई एक राख्न आफूहरू सक्दो प्रयास जारी राखेको उनको भनाइ छ ।

नेता गैरेले पार्टीको नेतृत्वका लागि युवा तयार भइसकेको भन्दै विद्रोहबाट नभई प्रक्रियाबाटै जानुपर्ने तर्क गरे ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *