गण्डकी प्रदेशको बजेट अधिवेशन आजबाट सुरु हुँदै

 ग्लोबल टिभि      आइतवार, जेष्ठ १६, २०७८      0

गण्डकी प्रदेश सभाको बजेट अधिवेशन आजबाट सुरु हुँदैछ । जेठ ११ मा मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले बजेट अधिवेशन डाकेकी थिइन् । अधिवेशनको पहिलो दिन आज प्रदेश सभाका संसदीय दलका नेताहरूले बोल्ने छन् ।

भोलि प्रदेश सभामा बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरिने छ । यस अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने छन् । २९ बैशाखमा दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री गुरुङले ३० दिनभित्र विश्वासको मत लिनैपर्ने संवैधानिक प्रावधान छ ।

गुरुङले विश्वास नपाए प्रदेश मध्यावधिमा धकेलिने सम्भावना छ । ३ सांसद भएको राष्ट्रिय जनमोर्चाले सत्तारुढ एमालेलाई साथ दिएमात्र गुरुङलाई विश्वास पुग्छ । अघिल्लो पटक कांग्रेस नेतृत्व गठबन्धनलाई साथ दिने निर्णय गरेको जनमोर्चाले अहिले के गर्छ टुङ्गो छैन ।

सत्तारुढ एमालेको २८, कांग्रेसको १५, माओवादी १२, राष्ट्रिय जनमोर्चा ३ र जनता समाजवादी पार्टीका २ सांसद छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *