२ सय ९७ मत खस्यो, गणनाको तयारी

 ग्लोबल टिभि      सोमवार, जेष्ठ १७, २०७८      0

प्रदीप आचार्य, बुटवल । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि भएको उपनिर्वाचनमा मतदान सकिएको छ । उपनिर्वाचनमा २ सय ९७ मत खसेको छ । तीन सय मतदाता रहेकोमा ३ जना अनुपस्थित थिए ।

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणा, बाँके नरैनापुर गाउँपालिकाका अध्यक्ष मोहम्मद इस्तियाक साह र गुल्मी दरबार गाउँपालिकाका अध्यक्ष अशोक थापा अनुपस्थित रहेका हुन् । राणाले निर्वाचन बहिष्कार गरेको बताएका छन् भने साह र थापा बिरामी भएका कारण मतदानमा सहभागी हुन नसकेका हुन् । प्रदेश सभातर्फ भने सबै ८३ मत खसेको छ ।

प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ छ । नेकपा एमालेका चन्द्रबहादुर खड्का र नेपाली काँग्रेसका दृगनारायण पाण्डे चुनावी मैदानमा छन् । केहीबेरपछि मतगणना सुरू गरिने र मतपरिणाम आजै आउने निर्वाचन आयोगले बताएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *