लुम्बिनी प्रदेश राष्ट्रियसभा सदस्यमा पाण्डे विजयी

 ग्लोबल टिभि      सोमवार, जेष्ठ १७, २०७८      0

लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डे विजयी भएका छन् । पाण्डेले प्रदेशसभातर्फ ४२ र स्थानीय तह तर्फ ११८ जनाको मत पाएका हुन् । उनको प्रतिष्पर्धामा उत्रिएका चन्द्र वहादुर खड्काले प्रदेशसभातर्फ ४० र स्थानीय तहतर्फ ९४ जनाको मत पाएका छन् । पाण्डेलाई कांग्रेससहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाको समर्थन थियो ।

प्रदेशसभा तर्फ १ मत र स्थानीय तहतर्फ २ मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । कुल ३ सय कतदाता रहेकोमा स्थानीय तहतर्फका तीनजना मतदाता अनुपस्थित थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *