उपनिर्वाचन सत्तारूढलाई झट्का

 ग्लोबल टिभि      सोमवार, जेष्ठ १७, २०७८      0

सत्तारूढ नेकपा एमालेका लागि राष्ट्रिय उप निर्वाचनकाे परिणाम प्रतिकुल बनेको छ। पार्टी भित्रकाे चरम विवादले एमाले संस्थापन पक्षले उपनिर्वाचनमा  नराम्ररी धक्का खाएकाे छ। एमाले भित्रकाे नेपाल समूह बिच्केपछि एमालेका लागि उपनिर्वाचन  परिणाम सुखद बन्न सकेन । स्थानीय र प्रदेशमा समेत एमालेबाट निर्वावाचित स्थानीय र प्रदेशमा बाहुल्यता छ, तर , पार्टी झगडाले परिणामतः प्रमुख पक्ष दल कांग्रेसले  साेमबारकाे लुम्बिनी प्रदेशमा सम्पन्न  राष्ट्रिय सभा उपनिर्वाचनमा विजयी हासिल गरेको छ।

विपक्षी गठबन्धनकाे तर्फबाट दृगनारायण पाण्डेेले राष्ट्रिय सभा उपनिर्वाचमा बाजि मारेका हुन्।पाण्डेले ४ हजार १ सय चालीस मतभार  प्राप्त गरेका छन् ।एमालेबाट विद्रोह गरेर कांग्रेसमा प्रवेश गरेका पाण्डे,  सत्ता पक्षका एमाले उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५सय २८ मतभारले पछि पार्दै विजय भएका हुन्। बागमती प्रदेशमा हार बेहाेरेकाे एमाले सस्थापनले लुम्बिनीमा दाेश्राे हार बेहाेरेकाे छ। सत्ताकाे बलमा निर्वाचन निषपक्ष नहुने भन्दै विपक्षीले निर्वाचन अायाेगमाथि प्रश्न गरेका थिए। तर, विपक्षीकाे अांशकाकाे बीचमा पनि गठबन्धन उम्मेदवार विजयी भएका छन् ।

एमालेभित्रकाे विवादकाे काँध चढेर कांग्रेसले लुम्बिनीबाट राष्ट्रिय सभामा जित हासिल गरेको छ।जनमत हुँदाहुँदै पार्टी विवादमा मिलाउन नसक्दा अाेलीका लागि राष्ट्रिय सभा उपनिर्वाचन परिणाम प्रतिकुल मात्रै हाेईन, स्थानीय र प्रदेश तहमा पनि सत्ता कमजोर देखिएको छ, पार्टी नीति विपरीत गए, कारबाही गर्ने उर्दी जारी गरेपनि त्याे निष्काम भएको छ।घर जलाएर छिमेकी घर बनाउने नेपाली राजनीतिकाे प्रवित्तिले यश पटक एमालेले ठूलो क्षति बेहाेरिरहेकाे छ। पार्टी भित्र नेतृत्वकाे अहंकार , दम्भ र कुण्ठाले जगडिएकाे एमाले  बेलगाम बनेको छ, पार्टी भित्रकाे अराजकता  र स्वेच्छाचारीले एमाले मक्किएकाे छ।

ऐजेरू झै झाँगिएकाे विवादलाई मिल्काउन भन्दा मलजल गरिदै अाएकाे छ। विवाद मिलाउन कार्यदल गठन गरेपनि दुबैै खेमाकाे कुटिल चालबाजी छरपस्ट भए पछि भावनात्मक रूपमा एमाले विभाजित भैसकेको छ। एमाले विवादले जनादेशकाे बर्खिलाप मात्रै हाेईन, मुलुककाे राजनीति  समेत गन्जगोलकाे तुवालाेमा फसेको छ।सत्ता स्वार्थले लतपतिएकाे राजनीतिकाे दुषपरिणामकाे ठूलो क्षति एमालेले बेहाेरिरहेकाे छ। मुलुक ठूलो दल मात्रै हाेईन, संगठन  मजबुत भएको लाेकतान्त्रिक दल यतिबेला छिन्नभिन्नकाे अवस्थामा छ, जाे मुलुककाे समग्र परिवर्तनको  उपलब्धिका लागि पनि  खतरा  हाे।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *