शशांकले पठाए निर्वाचन क्षेत्रमा स्वास्थ्य सामाग्री

 ग्लोबल टिभि      मङ्लबार, जेष्ठ १८, २०७८      0

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले नवलपुरमा स्वास्थ्य सामग्री पठाएका छन् । कोइरालाले १३ लाख रूपैयाँ बराबरको स्वास्थ्य सामग्री नवलपुर पठाएका हुन् ।

नवलपुरको गैंडाकोट नगर अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौली, मध्यविन्दु जिल्ला अस्पताल, जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय, बुलिङटार प्राथमिक स्वास्थ्य केन्द्र र नेपाल पत्रकार महासंघ नवलपुरलाई कोइरालाले स्वास्थ्य सामग्री पठाएका हुन् ।

कोइरालाले व्यक्तिगत खर्चमा उक्त स्वास्थ्य सामग्री पठाएको उनका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *