कोरोना संक्रमणबाट थलिएका विवेकशील साझा दलका संस्थापक नेता उज्वल थापाको ४४ वर्षको उमेरमा निधन भएको छ । मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो ।
कोभिड संक्रमणसँगै गम्भीर विरामी परेका थापालाई सुरुमा ग्राण्डी अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नआएपछि १४ जेठमा मेडिसिटीमा भर्ना गरी इक्मो प्राविधिबाट उपचार गरिएको थियो ।
अस्पतालका अनुसार थापाको सोमबार गरिएको पीसीआर टेष्टको नतिजा नेगेटिभ आएको भए पनि शरीरका अंगहरुले प्रभावकारी काम गर्न नसकेको र जटिल संक्रमणका कारण स्वास्थ्य स्थितिमा परिवर्तन आउन सकेको थिएन । परिवारले उनको अन्त्येष्टि साधारण पारिवारिक तवरले सम्पन्न गर्ने इच्छा राखेको परिवार तथा शुभेच्छुकको तर्फबाट जारी वक्तव्यमा उल्लेख छ ।
थापा पेशाले सूचना प्रविधि क्षेत्रका उद्यमी हुन् । उनकै अगुवाईमा अभियानका रुपमा सुरु भएको विकेकशील नेपाली पछि निर्वाचन आयोगमा दर्ता भई निर्वाचनमा सहभागी भएको थियो ।
Leave a Reply