बेलगाम स्वास्थ्य क्षेत्र

 ग्लोवल टि.भी.      बुधबार, जेष्ठ १९, २०७८      0

नीति थिति विधि र पद्धतिले मात्रै सबैलाई न्याय गर्न सक्छ, तर, नीति, विधि र पद्धतिको घाँटी निमुठिदै गएपछि वितरण रसेवा प्रवाहमा चरम भद्रगोल भएको हो । जुन मुलुकमा प्रणालीको संस्थागत विकास भएको हुन्छ, त्यो मुलुकले जस्तोसुकै महाविपत्ति आएपनि सजिलै प्रतिरोध गर्न सक्छ, तर, त्यो नेपालको सन्दर्भमा लागू हुन सकेन, किन ? यसको जवाफ सजिलो छ, मुलुकमा विधि र पद्धतिको संस्थात हुनै सकेन, बरु हरेक विपत्तिमा विधि र प्रणालीको चीरहरण हुँदै आएकै हो । त्यो दुखान्त प्रवृत्ति कोरोना महामारीमा पनि दोहोरियो ।महामारीको यो संगीन घडीमा राज्य संयन्त्रहरु विधिमा किन चलेनन् । जो जान्ने उही भन्या नमान्ने भन्ने उक्ति किन चरितार्थ भयो ? मुलुकको विधि र विधान बनाउनेहरु नै विधि र पद्धतिको उल्लंघन हुने अवस्था कस्ले ल्यायो ? माननीय आफैले सिलिण्डर बोकेर निर्वाचन क्षेत्र कुद्न पर्ने नियती किन र कसले निम्त्यायो ? लोकतान्त्रिक व्यवस्थामा विधि र पद्धति हुँदैन र ? विधि र पद्धति बासल्नुपर्नेहरु नै विधि र पद्धती उल्लंघन गर्छन् भने, आम सर्वसाधारणको अवस्था के होला ? के महामारीको यो भयावहको अवस्थामा राज्यसंग गलिो जवाफ छ ?
कोरोनाको दोश्रो लहरले मुलुकमा ठूलो वियोगको आँसु बगाइदिएको छ । आँसुका बलेन्द्रीले आफन्तको शरीर मात्रै भिजेन, राज्यको स्वास्थ्य प्रणालीमाथि गम्भीर प्रश्न तेश्राइदियो । विपत्तिमा राज्य नागरिकको सारथि हुनुपर्ने हो।महामारीसंग जुध्ने बलियो संयन्त्रण निर्माण गर्नुपर्ने हो।, संयन्त्रकै तागतमा स्वास्थ्य प्रणालीलाई डगमगाउन नदिनु पर्ने हो । तर, शासकहरु तथ्यहिन तर्क गरेर महामारीलाई एक वर्ष यता हाँसिमजाकमा उडाइदिए । कोरोनाले हामीलाईं जे जे पीडा र आँसु दिइरहेको छ । यो पीडामा मलहम लगाउन र आँसु पुछ्न नसकिने पनि होइन, राज्यसंग श्रोत साधनको अभाव पनि छैन । राज्यको संयन्त्र र तिनीहरु परिचालन र व्यवस्थापन गर्न नीति सही हुने हो, भने जस्तासुकै महामारीसंगको युद्ध जित्न सकिन्छ, तर, स्वास्थ्य नीति र योजनाको अभावमा एउटा सानो भाइरससंग डराउनु परेको मात्रे छैन, मुलुकको स्वास्थ्य क्षेत्र ध्वस्त हुँदै गएको छ । ।कुनै पनि राज्यको नीतिले कति धेरै दीर्घकालीन असर गर्दछ, भन्ने तथ्यगत अनुभव यतिबेला महामारीमा भईरहेको छ । खुला बजार र उदारीकरणको सस्तो नाराले नेपाल जस्ता मुलुक कसरी दुघर्टनमा पर्छन् त भन्ने तथ्यको उजागर भएको छ । स्वास्थ्य नीतिमा गरिएका खुला र छाडा प्रबन्धले स्वास्थ्य क्षेत्र कति भयावह बन्दो रहेछ त । उदारीकरणले नेपाली समाजमा कति गहिरो खाल्डो खन्दो रहेछ, त्यसको तथ्य तपाई हामी यो महामारीको विकराल अवस्थामा भोगिरहेका छौ । कोरोना महामारीले मुलुकको स्वास्थ्यको विषयमा पुर्नविचार गर्नुपर्ने परिस्थिति ल्याइदिएको छ ।स्वास्थ्य क्षेत्रलाई बजारमा छोड्दा विपत्तिमा निजी क्षेत्र काम लाग्दैन भन्ने तथ्यको उद्घाटन गरिदिएको छ। यसरी खुला बजारका नाउमा स्वास्थ्य क्षेत्रलाई कौडीको भाउमा छोड्दै जाने हो भने,भोलिका दिनमा अझै तहसनहस हुदै जाने पक्का छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *