माओवादीबाट निष्कासनमा परेका तीन प्रदेश–सांसदले दिएको रिट खारेज

 ग्लोबल टिभि      बुधबार, जेष्ठ १९, २०७८      0

काठमाडौँ : नेकपा माओवादी केन्द्रबाट निष्कासनमा परेका तीन नेताले सर्वोच्च अदालतमा दायर गरेको रिट खारेज भएको छ।

अर्को पार्टीमा लागेको आरोपमा प्रदेश २ का तीन सांसदलाई माओवादीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो।

पार्टीको कारबाहीपछि पद गुमाएका प्रदेशका सांसदहरू कुन्दन प्रसाद कुशवाह, रामचन्द्र मण्डल र मोहम्मद समीरको रिट निवेदन अदालतले खारेज गरिदिएको हो ।

तीनै जनाले सांसद पद जोगाउन नेकपा एमालेमा गएर पनि माओवादी केन्द्रमै रहेको दाबी गरी जेठ १३ गते सर्वोच्च अदालतमा रिट दिएका थिए ।

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासबाट अन्तरिम आदेश दिएको छैन । तर १५ दिनभित्र विपक्षीहरूलाई लिखित जवाफ पेश गर्न भनी आदेश दिएको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *