ओली-नेपाल समुहका छुट्टाछुट्टै बैठक आज

 ग्लोबल टिभि           0

दुई पक्षबीच बिबाद चलिरहेको नेकपा एमालेमा आज भिन्नभिन्नै बैठक बस्दैछ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा स्थायी कमिटी बैठक राखेका छन्।

बैठक अपरान्ह ४ बजे बस्दै छ । बैठकमा १९ जना स्थायी कमिटी सदस्यलाई बोलाइएको छ।

ओलीले गठन गरेको स्थायी कमिटीमा झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका नेता छैनन्।

यस्तै केही समयदेखि समानान्तर गतिविधि गरिरहेका र ओली पक्षबाट निस्कासनमा परेका झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले पनि आज केन्द्रीय समिति बैठक बोलाएको छ।

यो बैठक भर्चुअल रूपमा बस्नेछ। पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि बैठक बोलाइएको र आज बिहान ११ बजे बैठक सुरू हुने नेता निरज आचार्यले बताए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *