स्वास्थ्य सामग्री लिएर गृहजिल्ला ओखलढुंगा पुगे रामहरी खतिवडा

 ग्लोबल टिभि      बिहिबार, जेष्ठ २०, २०७८      0

नेपाली कांग्रेसका नेता रामहरी खतिवडा ठुलो मात्रमा स्वास्थ्य सामग्री लिएर गृह जिल्ला पुगेका छन् ।

कोभिड १९ अर्थात कोरोना भाइरसको दोस्रो लहरले महामारीको रुप लिइरहेका बेला नेता खतिवडा ९५ हजार सर्जिकल मास्क, दुई हजार केएन ९५ मास्क, चार सय ५० लिटर सेनिटाइजर, १५ थान पिपिई सेट र १५ सय थान हात धुने साबुन स्वास्थ्य सामग्रीहरु बोकेर ओखलढुंगा पुगेका हुन् ।

खतिवडाले उक्त सामाग्री जिल्ला प्रशासन कार्यालय ओखलढुंगालाई जिम्मा लगाएको छ । महामारी जस्तो संवेदनशील समयमा आफ्ना जिल्लाबासीलाई थोरैभएपनि राहत पुर्याउने उदेश्यका साथ स्वास्थ्य सामग्री वितरण गरेको खतिवडाले बताए ।

जनतालाई घरघरमा पुगेर स्वास्थ्य सामग्री दिने मन भएपनि महामारीका कारण सम्भव नभएपछि प्रशासनको जिम्मा लगाएको उनको भनाई छ ।

करिव सात लाख स्वास्थ्य सामग्री जिल्लाबासीलाई पुर्याएपछि खतिवडा आजै राजधानी फर्केको उनको स्वकीय सचिव हुकुम राईले जानकारी दिए । जिल्लाबाट निर्वाचित जनप्रतिनिधिहरुले व्यवास्ता गरिरहेका बेला खतिवडा स्वास्थ्य सामग्री सहित पुगेपछि जनतामा खुसी छाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *