नारायणकाजी श्रेष्ठ : सचिवालय बैठक दिउँसो एक बजे बालुवाटारमा बस्छ

 ग्लोबल टिभि           0

काठमाडौं । प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जाल मार्फत् सचिवालय बैठक निर्धारित समयमै बस्ने जानकारी दिएका हुन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक दिउँसो एक बजे बालुवाटारमा बस्ने बताएका छन् ।

दिउँसो एक बजे नै अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएपछि प्रवक्ता श्रेष्ठले सचिवालय बैठक नरोकिने उल्लेख गरेका छन् । ‘हाम्रो पार्टीको केन्द्रीय सचिवालयको बैठक पूर्वनिर्धारित कार्यक्रम अनुसार आज अपरान्ह १ बजे बालुवाटारामा बस्दैछ’, प्रवक्ता श्रेष्ठले लेखेका छन् । गत शुक्रबार बसेको सचिवालय बैठकले आज एक बजे बैठक बस्ने समय तय गरेको थियो ।

तर, त्यही समय प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । एकै समयमा सचिवालय र मन्त्रिपरिषद् बोलाइएपछि शनिबारयता लगातारको भेटवार्तापछि पनि सहमति जुट्न नसकेको संकेत दिएको छ ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), बरिष्ठ नेता झलनाथ खनाल, बरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सचिवालय बैठक बोलाउनुपर्ने पक्षमा छन् । तर, प्रधानमन्त्री ओली भने सचिवालय बैठक स्थगित गर्नुपर्ने पक्षमा छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *