बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्न प्रचण्डको आग्रह

 ग्लोबल टिभि      शुक्रबार, जेष्ठ २१, २०७८      0

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले राजनीतिक उपलब्धि खतरामा पर्दै गएको बताएका छन् ।जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा शुभकामना दिदै प्रचण्डले अग्रगामी शक्तिहरुको बीचमा एकतावद्ध पहलकदमीको आवश्यकतामा जोड दिएका छन । सामन्ती राज्य व्यवस्थाविरुद्धको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीमाथि खतरा परेको भन्दै एकिकृत हुन आह्वान गरेका छन्। पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले तल्लो तहसम्म जनचेतना अभिवृद्धि गर्दै न्यायमूलक समाज निर्माणमा जोड दिएका हुन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पछिल्लो समय बलिदानबाट प्राप्त उपब्धिहरुमािथ निरन्तर हमला भइरहेकोले उत्पीडित वर्गबीच एकता जरुरी रहेको बताएका हुन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *