कांग्रेस सभापति देउवाबाट बाइडेनलाई धन्यवाद

 ग्लोबल टिभि      शुक्रबार, जेष्ठ २१, २०७८      0

नेपाली कांग्रेसकासभापति शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति बाइडेनलाई धन्यवाद दिएका छन् । अमेरिकाले नेपाल लगायतका एशियलन मुलुकलाई कोरोना खोप अनुदानमा दिएभएपछि बाइडेनलाई देउवाले धन्यवाद दिएका हुन् । पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले ट्वीटमाफर्त अमेरिकी सहयोगले नेपाल अमेरिका सम्बन्ध थप सुदृढ भएको बताएका छन् । अमेरिकाले बिहीबार नेपाललगायत विश्वका विभिन्न मुलुकलाई खोप वितरण गर्ने घोषणा गरेको छ । एशियन मुलुकलाई ७० लाख डोज खोप दिने बाइडेन प्रशासनले बताएको छ । दक्षिण एशियाका लागि दिन थालेको खोपमा नेपालले कति पाँउछ, त्यस्को ठोस एकिन खुलाइएको छैन ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *