काठमाडौँ : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेका छन् ।
प्रधानन्यायाधीश राणाले आफ्नो अध्यक्षतामा वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीश मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेको संवैधानिक इजलास गठन गरेका हुन् ।
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा विवाद भएपछि प्रधान्यायाधीश राणाले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने जानकारी दिँदै विवादको सुनुवाइका लागि पेशी तोकेका थिए ।
नेपालको संविधानमा सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएका देखिएमा त्यस्तो मुद्दा हेर्नेगरी प्रधानन्यायाधीशले संवैधानिक इजलासमा न्यायाधीश तोक्ने व्यवस्था छ ।
संवैधानिक इजलास गठन भएसँगै शुक्रवार नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ सम्बन्धी सुनुवाइ भइरहेको छ ।
Leave a Reply