ग्लोबल टिभि
0
काठमाडौँ : जनता समाजवादी पार्टीको महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष सरकारमा सहभागी भएपछि प्रदेश २ को मन्त्रिमण्डल फेरबदल हुने संकेत देखिएको छ।
यससँगै जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव शुक्रबार जनकपुरधाम पुगेका छन्।
प्रदेश २ सरकारको जिम्मेवारी परिवर्तनको रणनीति तयार गर्न शुक्रबार साँझ जनकपुर पुगेका हुन् ।
जनकपुर पुग्नुअघि यादव नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिसँग भेट गरी प्रदेश सरकार परिवर्तनमा सहयोग गर्न छलफल गरेका थिए ।
प्रदेश २ सरकार धरापमा पर्ने अवस्था आउनेअवस्थालाई मध्यनजर गरी अध्यक्ष यादवले निधिलाई भेटेका हुन् । उनले सरकारमा सहभागी हुन काँग्रेसलाई आग्रह गरेका छन् ।
Post Views: 1,356
Leave a Reply