युवालाई नीतिगत तहमै समेट्छौ : प्रचण्ड

 ग्लोबल टिभि      शनिबार, जेष्ठ २२, २०७८      0

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युवालाई नीतिगत तहमै समेट्ने बताएका छन् । शिक्षकसहित समाजका धेरै वर्गका माग सम्बोधन गर्न २० प्रतिशत युवालाई नीतिगत तहमा समेटेर लैजाने अवधारणा बनाइएका हुन् ।एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय समितिबाट शनिबार आयोजित ‘राष्ट्रिय प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दे अध्यक्ष प्रचण्डले संविधान, लोकतन्त्र र राष्ट्रियता रक्षाका विषय जनताका बीचमा पुर्‍याउन पनि शिक्षकलाई आग्रह गरेका छन् ।‘अध्यक्ष प्रचण्डले नेपाली मौलिकताको जनवादी क्रान्तिको कोर्स पूरा भए पनि साम्राज्यवादविरुद्धको लडाइँ बाँकी रहेको बताएका छन् । ‘समाजवादी क्रान्तिबाट सामन्तवादका अवशेष समाप्त पार्न कम्युनिष्ट एकता र आन्दोलनबाट मात्र सम्भव भएको पनि उनले बताएका छन् ।प्रचण्डले चुनाव घोषणा गरिसकेको सरकारले संविधान प्रतिकूल मन्त्रिपरिषद् पुनर्गठन गरेको बताए । कोरोना महामारीविरुद्ध सबै एकतावद्ध भएर एकजुट पनि प्रचण्डले आग्रह गरेका छन् ।कार्यक्रममा सात वटै प्रदेशका अध्यक्षहरुले प्रतितिवेदन प्रस्तुत गरेका थिए । भर्चुअल ‘राष्ट्रिय प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम’मा करीब एक हजार शिक्षकको सहभागिता रहेको ससंगठनका केन्द्रीय महासचिव निमबहादुर केसीले जानकारी दिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *