कांग्रेस पहिलो पटक सरकारमाः कर्णालीमा नयाँ मन्त्रीले लिए शपथ

 ग्लोबल टिभि      आइतवार, जेष्ठ २३, २०७८      0

कर्णाली प्रदेश सरकारमा नेपाली काँग्रेसबाट थपिएका दुई मन्त्रीले शपथ लिएका छन् उनीहरुलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

सत्ता साझेदार नेपाली काँग्रेसबाट कर्णाली प्रदेश सरकारमा सहभागी बन्नका लागि काँग्रेस संसदीय दलले शुक्रबार २ जनाको नाम सिफारिस गरेको थियो ।

नेकपा माओवादी केन्द्रसँग सत्ता साझेदार गर्दै कांग्रेसले सामाजिक विकास मन्त्रीमा सुर्खेतका यज्ञबहादुर बुढा क्षेत्री र उर्जा जलस्रोत मन्त्रीमा जुम्लाका दीनबन्धु श्रेष्ठलाई सरकारमा पठाएको छ ।

दुवै जनाले संसदीय दलको बैठकमा भ्रष्टाचारमा शुन्य सहनशीलता अपनाउने प्रतिबद्धता जनाएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *