मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

 ग्लोवल टि.भी.      सोमवार, जेष्ठ २४, २०७८      0

काठमाडौँ : मन्त्रिपरिषद् विस्तार विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

अहिलेको सरकार कामचलाउ हैसियतमा रहेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेलगायत कानुन व्यवसायीले रिट हालेका हुन् । उनीहरूले मन्त्रिपरिषद् विस्तार संविधान विपरीत भन्दै मन्त्रिपरिषद् विस्तार बदर गर्न माग गर्दै रिट दिएका हुन् ।

संसद् विघटन गरेर निर्वाचन घोषणा गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली संसद सदस्य नरहेको र संविधान अनुसार संसद् सदस्य नरहेपछि स्वतः पदमुक्त हुने भएकाले सरकार कामचलाउ हैसियतको रहेको बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार जनता समाजवादी पार्टीका १० र एमालेका २ जना नेतालाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *