एमाले (नेपाल–खनाल) स्थायी कमिटी बैठकको ठहर : ओलीको मनसाय नै गलत

 ग्लोबल टिभि           0

काठमाडौँ : नेकपा एमाले माधवकुमार नेपाल समूहले संसद् पुनःस्थापना माग गर्दै सर्वोच्च अदालतमा दायर रिट फिर्ता लिने प्रस्ताव गलत मनासयले आएको निष्कर्ष निकालेको छ ।

नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको भर्चुअल बैठकले पार्टी एकता र संसद् विघटन अलगअलग मुद्दा भएको निष्कर्ष निकालेको हो । बैठकले संसद विघटन ठीक हो भन्ने स्थापित नभएसम्म हस्ताक्षर फिर्ता नलिने अडान लिएको छ ।

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार पार्टी एकताका निम्ति आह्वान गर्दै ६ बुँदे प्रस्ताव अघि सारेका थिए, जसमा एमालेलाई ३ जेठ २०७५ पूर्वको अवस्थाबाट अगाडि बढाउने उल्लेख छ ।

यस्तै सर्वोच्चको रिटमा प्रयोग भएको एमालेका निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता हुनुपर्ने शर्त राखिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *